अस्पतालको शैय्याबाट सन्दीपको सन्देश, 'विस्तारै सुधार महसुस गर्दैछु'

Sandeep

काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका नेपाली स्टार क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफूलाई राम्रो भएको बताएका छन् । अस्पतालको शैय्याबाटै सन्दीपले सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन् । 

प्रशिक्षणकै क्रममा कोरोना संक्रमणको पुष्टी भएपछि लामिछाने आईसोलेसनमा बसेका थिए ।

त्यसपछि आईसोलेसनमै बसेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

नेपाली क्रिकेट टिमका कप्तानसहित अन्य ३ खेलाडीमा पनि संक्रमण देखिएपछि आईसोलेसनमै बसिरहेका छन् ।

Comments

Top