अमेरिकामा एकैदिन २८ सयभन्दा बढीको मृत्यु, २ लाख भन्दा बढी संक्रमित थपिए

crying US

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घन्टामा एकैदिन २ जार ८ सय ३१ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७९ हजार ८ सय ६५ जना पुगेको छ ।

विश्वमै सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घन्टामा २ लाख ३ हजार ४ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४३ लाख १३ हजार ९ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६ लाख ३४ हजार ५ सय २४ नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म विश्वमा संक्रमितको संख्या ६ करोड ४८ लाख २२ हजार ९ सय ३५ पुगेको छ । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ९९ हजार १ सय ७५ पुगेको छ ।

 

Comments

Top