काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन ।
डिसेम्बर ३ र ४ तारिख अर्थात् आज (बिहीबार) र भोलि (शुक्रबार) हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड–१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने छन् । महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।
Comments