देशभर थप १३४३ नयाँ संक्रमित, २१११ डिस्चार्ज

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा २१११ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।

Comments

Top