बलिउड अभिनेता अनिल कपुरलाई कोरोना संक्रमण

anil kapoor

मुम्बई । बलिउड कलाकार अनिल कपुरलाई कोरोना संक्रमण देखिएको छ । फिल्म ‘जुगजुग जिओ’को छायाँकनका क्रममा रहेका कपुरसँगै नीतु कपुर र वरुण धवनलाई कोभिड–१९ को संक्रमण देखिएको पुष्टी भएको छ ।

कलाकारहरुलाई कोरोना संक्रमणका कारण १ महिना यता फिल्मको छायाँकन प्रभावित भएको जनाइएको छ । यसअघि फिल्मका निर्देशक राज मेहतालाई पनि संक्रमण देखिएको थियो।

कलाकारहरू पूर्ण रुपले ठीक भएपछि मात्र काम अघि बढ्ने जनाइएको छ। फिल्म जुगजुग जिओमा वरुण र कायरा अद्वानी जोडीका रुपमा प्रस्तुत हुँदैछन्।

 

Comments

Top