गगन थापा भन्छन -एमाले कार्यकर्ताले बद्नाम गर्न निकृष्ट व्यवहार गरे

काठमाडौं ।  राजधानीको कपनमा स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापामाथि दुब्र्यबार भएको छ ।   मन्त्री थापा  विहान करिब साढे ८ बजे बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा पुगेका थिए । एक कार्यकर्ताको घरमा पुगेका थिए।तर उनले कांग्रेसका स्थानीय कार्यकर्तासहित पैसा  बाँडिरहेको भन्दै एकाएक अफवाह फैलाइएको थियो थियो । एउटा समुह भेला भएर गगन थापालाई घेरेपछि उनी गाडी चढेर घरतर्फ लागेका थिए । त्यसक्रममा उनको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर समेत दिएको बताइएको थियो । निर्वाचन आचारसँहिताको गम्भीर उल्लंघन गरेको भन्दै उनीमाथि आक्रमणको प्रयास भएको थियो । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा छ र घाइतेलाई ओम अस्पताल लगिएको बताइएको छ ।  थागगन थापाले भने नीजि कामको सिलसिलामा कपन पुगेका बेला एमाले कार्यकर्ताले बिनाकारण निकृष्ट व्यवहार गरेको टिप्पणी गरेका छन् । उनले सुनियोजित रुपमा एमाले कार्यकर्ताले बद्नाम गर्न निकृष्ट व्यवहार गरेको बताएका छन् ।

Comments

Top