क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई कोरोना पोजेटिभ

ppp_1

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य एवं पूर्व क्रिकेट कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ ।

दुईदिनदेखि आफूले वास्ना र स्वाद थाहा नपाएकोले पीसीआर परिक्षण गर्दा आप्mनो रिपोर्ट पोजेटिभ आएको खड्काले जनाएका छन् । त्यसैले आफू हाल आईसोलेसनमा डाक्टरको सम्पर्कमा बसिरहेको उल्लेख गरेका छन् ।

अन्त्यमा खड्काले आफूले भोलि (शनिबार) चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै खेलमा सबैलाई शुभकामना दिएका छन् ।

Comments

Top