मलेसियामा कोरोनाबाट नवलपरासीका एकको मृत्यु

Died_Corona1

दोहा । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।

दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।

मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् । सो कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिकमा कोरोना संक्रमण भएपछि मलेसिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको द स्टर अनलाइनले जनाएको छ ।

Comments

Top