विश्वभर ७ करोड ३१ लाख बढी संक्रमित, १६ लाख २७ हजारको मृत्यु

world-corona

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ लाख ७१ हजार ६ सय ५५ थपिएसँगै हालसम्म विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ७० हजार १२ जना पुगेका छन् भने १६ लाख २७ हजार २ सय ५२ जनाको मृत्यु भइसकेको छ । विशवभर हालसम्म निको हुनेको संख्या ५ करोड १२ लाख ९० हजार ३ सय ६९ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १ करोड ६९ लाख ३३ हजार ९ सय ९६ जना संक्रमित पुगेका छन् भने ३ लाख ८ हजार ७ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा १ लाख ८९ हजार नयाँ संक्रमित थपिएका छन् भने १ हजजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९८ लाख ५२ हजार १ सय ४५ पुगेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । पछिल्ला दिनमा नयाँ संक्रमित संख्यामा केही कमी देखिएको भारतमा पछिल्लो २४ घन्टामा २१ हजार ७ सय ९१ जना देखिएसँगै हालसम्म संक्रमितको संख्या ९९ लाख ६ हजार ५ सय ७ पुगेको छ ।

विश्वकै दोस्रो स्थानमा रहेको भारत एशियामा सबैभन्दा धेरै संक्रमित र मृत्यु भएको देश हो । भारतमा पछिल्लो २४ घन्टामा ३ सय ५३ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ७ सय ४६ पुगेकोछ ।

त्यस्तै भारतमा हालसम्म ९४ हजार २१ हजार ८ सय ३२ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् । त्यस्तै ३ लाख ४० हजार ९ सय २९ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

 

Comments

Top