सकियो नेकपा अध्यक्षद्वयबीचको छलफल, स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री ओली अनुपस्थित

N_MN

काठमाडौं । पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

उनीहरुको छलफल सकिएकाले स्थायी कमिटीको बैठक आरम्भ हुने अपेक्षामा नेताहरु छन् ।

अपराह्न १ बजेका लागि तोकिएको बैठक १ः३० बजेसम्म शुरु भएको छैन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिए। स्थायी कमिटी सदस्य गणेश शाहले बैठक कक्षमा अध्यक्ष दाहाललगायत नेताहरु उपस्थित भएको र प्रधानमन्त्री उपस्थित नआइसकेको जानकारी दिए ।

Comments

Top