भारतमा यो वर्षैभरि बेलायतबाट हुने सबै उडान स्थगित !

india

एजेन्सी– भारतले आउँदो डिसेम्बर ३१ तारिख अर्थात् यो वर्षैभरि सबै बेलायती उडान स्थगित गर्ने निर्णय गरेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ र बढी सङ्क्रामक समस्या देखिएपछि भारतले डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

“कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै बेलायतबाट भारत आउने सबै उडानहरू यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय भएको छ,” उड्डयन मन्त्रालयको ट्वीटमा भनिएको छ ।

उडान स्थगितको यो निर्णय मङ्गलबार (आज) रातिदेखि लागू हुनेछ । तर यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीका लागि भने पूर्णतयाः लागू नहुने जनाइएको छ ।

आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तव्यमा जान रोक लगाइने छैन ।बेलायतबाट हुने उडानलाई केही युरोपेली देशहरूले पनि स्थगित गर्ने निर्णय गरेका छन् ।

 

Comments

Top