विश्वमा कोरोनाः एकैदिन ६ लाख ७९ हजार नयाँ संक्रमित, १३ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा एकैदिन ६ लाख ७९ हजार बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख ३३ हजार ३ सय पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ७९ हजार ८ सय ५४ नयाँ संक्रमित थपिएका छन् । ती मध्ये अमेरिकामा मात्र २ लाख ३२ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै विश्वमा हालसम्म १७ लाख ३६ हजार ६ सय२५ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्र १३ हजार ३ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा ३ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाने क्रम बढीरहेको छ ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार ५६ जना पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार २ सय १६ पुगेको छ ।

त्यस्तै कोरोनाबाट दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा पछिल्लो २४ घन्टामा ४६ हजार ६ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ९ सय ७९ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ७३ लाख ६६ हजार ६ सय ७७ कोरोना संक्रमित देखिएका छन् भने १ लाख ८९ हजार २ सय ६४ जनाको मृत्युु भइसकेको छ ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ३९ हजार २ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् र ७ सय ४४ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा हालसम्म संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेकोछ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ ।

त्यस्तै फ्रान्समा संक्रमितको संख्या २५ लाख नाघेको छ ।

नेपालको छिमेकी मुलुक भारतमा भने पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घन्टामा २४ हजार २ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने ३ सय २ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५ सय ४४ पुगेकोछ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७ सय ७८ पुगेको छ ।

Comments

Top