चिसो सडकमा ताता नेताहरूः प्रचण्ड–नेपालपक्षीय नेकपा सडक संघर्षमा !

pn

काठमाडौं । नेकपाको प्रचण्ड—माधव पक्षले संसद विघटनविरुद्ध शुक्रबारबाट सडक संघर्ष थालेको छ । उक्त समूहको माइतीघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ ।

उक्त प्रदर्शनको नेतृत्व नेकपाका नेता पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताले गरेका छन् । प्रदर्शनमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु पनि सहभागी भएका छन् । 

बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड-नेपाल पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । यसैगरी शुक्रबारै प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जाँदैछन् । 

आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।

त्यसअघि प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहालले अब आफूहरु सडकबाटै आन्दोलन गर्ने जानकारी गराउँदै आफ्नाे आन्दोलन नेपाल बन्द सम्म हुनसक्ने घोषणा गरेका थिए ।

 

Comments

Top