अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत विजयी

india

मेलबर्न । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत विजयी बनेको छ । मेलबर्नमा घरेलु टोलीमाथि ८ विकेटको जित निकाल्दै भारतले चार म्याचको सिरिज १–१ को बराबरी गरेको छ ।

७० रनको सामान्य लक्ष्यसहित मैदानमा उत्रिएको भारतले २ विकेट गुमाउँदा उक्त लक्ष्य हासिल गरेको थियो । भारतको जितका लाग कप्तान आजिक्या रहाणेले उत्कृष्ट पारी खेले ।

मयाङ्ग अग्रवाल ५ र चेतेवश्र पुजारा ३ रनमा आउट भएपनि सुभमन गिल र कप्तान आजिक्या रहाणेले टिमलाई जित दिलाए । गिलले ३५ र रहाणेले २७ रन बनाए ।

मिचेल स्टार्चले अग्रवाललाई आउट गर्दा प्याट कुमिन्सले पुजारालाई क्यामरोन ग्रिनको हातबाट क्याच आउट गराएका थिए ।

६ विकेटको क्षतीमा १ सय ३३ रन बनाएर चौथो दिनको खेल थालेको अष्ट्रेलियाले ७७ रन बनाउन बाँकी विकेट गुमायो ।

प्याट कुमिन्स बुम्राहाको बलमा मयाङ्ग अग्रवालको हातबाट क्याच आउट हुँदा क्यामरोन ग्रिन भने मोहमेद सिराजको बलमा पवेलियन फर्किए । लगत्तै सिराजले नाथन लियोनलाई ऋषभ पन्तको हातबाट क्याच आउट गराए । जोस हेजलउडलाई रविचन्द्रन आश्विनले बोल्ड गरे ।

दोस्रो ईनिङ्समा समेत अष्ट्रेलियाविरुद्ध बुम्राहा हाबी बने । उनले २ विकेट लिए । मोहमेद सिराजले ३, आश्विन र जडेजाले समान २ विकेट लिए । उमेश यादवको नाममा एक विकेट रह्यो ।

पहिलो ईनिङ्समा ब्याटिङ्ग गरेको घरेलु टोली १ सय ९५ रनमा अलआउट बन्यो । जवाफमा कप्तान रहाणेको शतकमा भारतल ३ सय २६ रन बनायो ।

१ सय ३१ रनले पछि परेको अवस्थामा दोस्रो ईनिङ्स सुरु गरेको अष्ट्रेलियाले दोस्रो ईनिङ्समा २ सय रनमात्र जोड्न सक्यो ।

पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी बनेको थियो । तेस्रो टेष्ट जनवरी ७ मा सिड्नीमा सुरु हुनेछ ।

 

Comments

Top