कृषि बिकास बैंक र राखेपबीच १० वर्षे सम्झौता

 nsc 1

काठमाडौं । कृषि बिकास बैंक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले हस्ताक्षर गरेका थिए ।

दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ,यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ ।  बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुनेछ ।’ उनले भने, ‘लगानी गरे परिणाम आउछ, नेपाली खेलकुद रिजल्ट दिन सक्क्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरब बढाउछौं, लगानीमा हामीलाई साथ दिनुहोस् ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउदै संस्था गौरबित भएको बताए । उनले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको बताए । उपाध्यायले बिगतलाई स्मरण गराउदै भने, ‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पूनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ ।’

दश बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ । जसमध्ये चभखयखिष्लन प्रकृतिको कर्जा सिमा अधिकतम ५ लाख हुनेछ ।  परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

 खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिबिधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्नेछ । बैंकले छपाई गरेको टिकटमा संस्थाको ब्यवसायिक सन्देश राखिनेछ । बैंकिङ कारोवारका लािग बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।

सम्झौतामा परिषद्को तर्फबाट  बिभागिय प्रमुख कुलवहादुर थापाको पनि उपस्थिति रहेको थियो साथै राखेपका सदस्यद्धय सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, परिषद्का बिभागिय प्रमुख, शाखा प्रमुख, राखेप कर्मचारी संघ, बैंकका बरिष्ठ अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

Comments

Top