पार्टीको विवादमा नअल्झिएर आफूपक्षीय जनमत बटुल्ने अभियानमा बस्नेत

M_1_1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका संघारमा उभिइरहेको छ भनौं वा विभाजित भइसकेको छ ।लामो समयको विवादपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुस ५ का दिन प्रतिनिधिसभा संसद् विघटन गरे । एकातिर विघटनपछि नेकपाका नेता एवं कार्यकर्ता दुई पक्षमा बाँडिए । अर्कोतिर विघटन भएकै दिन प्रधानमन्त्री ओलीका विश्वासपात्र एवं ओलीपक्षीय नेता महेश बस्नेत भने पूर्वी नेपालको जनकपुरमा युवा भेलालाई सम्बोधन गर्न गए । केन्द्रमा दुई पक्षबीच आरोप प्रत्यारोप चलिरहेका बेला बस्नेत भने आफ्नै ध्याउन्नमा थिए, युवाहरुलाई एकत्रित गर्नु ।

संसद विघटनपछि नेकपा दुई धारमा बाँडिए तर, पनि बस्नेतले जनकपुरका युवाहरुको मन जिते अनि आप्mना कुरा सुनाए । कतिपय नेताहरु मन्त्री पदका लागि यता उता गरिरहेका बेला बस्नेत भने संगठन विस्तारका लागि देश दौडाहा क्रममा छन् । संगठनको विस्तारका लागि युवाहरुलाई बलियो बनाउनुपर्ने मान्यतासहित देशदौडाहामा निस्केका बस्नेत जनकपुर, सिन्धुली हुँदै राजधानी आईपुगे ।

त्यसपछि केन्द्रमा विवादै चलिरहेको बेला बस्नेत निस्किएका मध्य एवं पश्चिम नेपालमा संगठन विस्तारका लागि । उनी सबैभन्दा पहिले पुगे गण्डकी प्रदेशको राजधानी पोखरा । पोखरामा उनले युवा संघद्वारा आयोजित विभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्दै आपूmपक्षीय नेकपाको प्रचार गरे । चुनाव चिन्ह र पार्टीको नामका लागि विभिन्न तिकडमहरु चलिरहेको केन्द्रमा बसेर ‘टाइम किल’गराउनुभन्दा घोषित निर्वाचनको तयारी स्वरुप बस्नेत देश दौडाहामा निस्के जस्तो देखिए ।

वृहत युवा भेलाको नाममा देशभर माहौल बनाउन निस्किएका बस्नेत प्रधानमन्त्री ओलीका पक्का अनुयायी एवं ओली पक्षको चुनावी माहौल बनाउन लागि परेका छन् । केन्द्रमा देखिएको विवादकाबीच देशभ्रमणबाट जनमत बटुल्ने अभियानमा हिँडेका बस्नेतले देशका युवाहरुलाई आप्mनो पक्षमा पार्ने अभियानमा जुटेका छन् ।

पोखरापछि नवलपुर हुँदै मध्य पश्चिमतिर लागेका बस्नेतले बाँकेबाट राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ बाँकेले कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए  ।   

निर्वाचन जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको उल्लेख गर्दै उनले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन सक्दैन ।”

त्यसअघि सुर्खेतमा कर्णालीका युवाले निकालेको मोटरसाइकल ¥यालीपछिको सभालाई सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्रीले घोषणा गरेको आगामी निर्वाचनमा जानबाट विचलित नभई समृद्धिको लागि जाग्नुपर्ने बताएका छन् ।

यसबाट बस्नेतले प्रधानमन्त्री ओली नेतृत्वको नेकपाका लागि चुनावी माहौल बनाउनका लागि हरेक क्षेत्रको मेरुदण्डको रुपमा रहेको युवापंक्तिलाई सम्बोधन गरिरहेको प्रष्ट हुन्छ । उता निर्वाचन आयोगले निर्वाचनका पूर्वाधारहरुको तयारी थाल्नु, अनि बस्नेतको देशदौडाहा जारी रहनु आगामी निर्वाचनको प्रमुख तयारी नै हो भन्नेमा दुविधा देखिएको छैन ।

Comments

Top