यस्तो छ शनिबारको मौसम

foggy

काठमाडौं । शनिबार बिहानको काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन गरिएको छ। तराईको जनजीवन भने हुस्सुले प्रभावित हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको हो।

शनिबार सुदूरपश्चिम र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का पानी पर्ने सम्भावना देखिएको मौसमविद् विभूती पोख्रेलले जानकारी दिइन्।

यस्तै लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौंसहित बाँकी भू–भागमा घाम लाग्दै बादल लाग्नेछ । शनिबारको तुलनामा आइतबार र सोमबार देशभरी कै मौसम बढी बदली हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको साथै पहाडी भू–भागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको साथै पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

Comments

Top