देशभर थप ४ संक्रमितको मृत्यु, नेपालमा मृतक संख्या १९ सय नाघ्यो

Corona_Update

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५६ हजार ६४४ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ ।

Comments

Top