केपी ओलीका सच्चा 'मसिहा' महेश

M_Bas_Oli

निर्वाचनमा जित हात पार्दै प्रतिनिधिसभाको संघीय सांसद भएदेखि हरेक दिन, हरेक पल विकास निर्माणका काममा दौडिरहने बानी परेका भक्तपुरका सांसद महेश बस्नेत यतिबेला देश दौडाहामा लागि परेका छन् । प्रतिपक्षबाट हुनसक्ने कदम आफ्नै पार्टीभित्रका केही ‘पदलोलुप’र ‘जंगली’प्रवृत्तिबाट गरिएको ‘कीर्ते’कर्ताहरुको दुश्चक्र भोग्न बाध्य हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको बाध्यात्मक कदमसँगै देश दौडाहामा लागेका बस्नेत आफ्नो निर्वाचन क्षेत्रभन्दा माथि उठेका छन्, अर्थात् देशव्यापी रुपमा लागेका छन् ।

जनकपुरबाट सुरु भएको उनको अभियान लगभग देशका पूर्वदेखि पश्चिमसम्म र सुगमदेखि दुर्गमसम्म पुगिसकेका छन्, तर रोकिएको छैन अझै, र छिटै रोकिने लक्षण छैन ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै निर्वाचनमा जाने प्रधानमन्त्रीको निर्णयलाई जनमानसमा राम्रोसँग भिजाउनका लागि बस्नेत प्रधानमन्त्रीपछिका एक्ला अनि सच्चा हिमायती बनेर उभिएका छन् ।

आफ्नो स्वास्थ्यभन्दा पनि देशको राजनीतिक स्वास्थ्यलाई ख्याल गर्दै बस्नेतले हरेक तह र तप्का, तराईदेखि पहाड हुँदै हिमालसम्म पुगेका छन् । स्वास्थ्यकर्मीको सल्लाहलाई बेवास्ता गर्दै निगरानीमा हिँडिरहेका बस्नेतको अभियान सकिने कुनै लक्षण देखिँदैन, जबसम्म वर्तमान असन्तुलित राजनीतिले निकास पाउनेछैन । ‘पेनकिलर’र ‘डिकोल्ड’खाँदै मञ्च चढ्दै गर्दा बस्नेतले आफ्नो स्वास्थ्यलाई भन्दा जनतालाई प्राथमिकतामा राखेको कुरा जनतासामू लुक्न सक्दैन ।

प्रधानमन्त्री ओली निकटको ‘ट्याग’लागेका बस्नेत यतिबेला जनकपुरदेखि रुकुमसम्म पुगिसकेका छन्, जहाँ उनले आफ्नो भन्दा पनि पार्टीको भावी कार्यक्रमका साथै अहिले देखिएको घटनाक्रमलाई जनमानसमा राम्रोसँग बुझाउन खर्चिरहेका छन् ।

आफ्नो मात्रै भविष्य हेर्ने राजनीतिज्ञ भएको भए बस्नेतले सायद यतिबेला भक्तपुरका कुनै टोलमा भेला गरिरहेका हुन्थे होला, कुनै नेताकोमा टिकटका लागि ‘लाइन’मिलाइरहेका हुन्थे होला, तर उनमा त्यो लोभ छैन, अनि लालसा पनि छैन । तर, अर्को कुरा के पनि हुनसक्छ भने आफ्नो ठाउँमा आफूले गरेका विगतका कार्यले उनलाई पछाडि फर्केर हेर्नु नपर्ने विश्वास बोकेका पनि हुनसक्छन् । जसले निर्वाचित भएर अहिलेसम्म जनताको दुःख कष्टमा साथ दियो, निर्णायक अवस्थामा त्यो जनताले धोका दिँदैनन् र पार्टी नेतृत्वले पनि उचित मूल्यांकन गर्छ भन्ने आत्मविश्वास पनि अर्को कारक तत्व हुनसक्छ ।

उपत्यकाको भक्तपुर जस्तो सुविधासम्पन्नतामा बसेको एक युवा, जसले २३ वर्षको उमेरदेखि समाजसेवामा खटियो, उ अहिले रुकुम, म्याग्दी, प्युठान र बाग्लुङको धुले माटोमा हिँड्दै गर्दा पार्टी नेतृत्वका साथै देशको भविष्यका लागि समाधानको उपाय खोज्न लागीपरेको छ ।

पछिल्ला दिनमा बस्नेतले गरेका भ्रमण, नवलपुर, सुर्खेत, दाङ, बाँकेलगायतका जिल्ला छन्, जहाँ उनले एक हिसाबमा आफ्नो अनि पार्टीका लागि जनमत बुझिसकेका छन्, अनि निश्चिन्त छन्, आगामी निर्वाचनको नतिजाप्रति । जुन ठाउँमा उनी जान्छन्, त्यो ठाउँमा माहौल स्वतःस्फूर्त बनेका छन्, नबनेका ठाउँमा बनाएका छन् । जसले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई वास्तविकतामा परिणत गराउन सफल हुने देखिएको छ ।


आफ्नो स्वास्थ्यभन्दा पनि देशको राजनीतिक स्वास्थ्यलाई ख्याल गर्दै बस्नेतले हरेक तह र तप्का, तराईदेखि पहाड हुँदै हिमालसम्म पुगेका छन् । स्वास्थ्यकर्मीको सल्लाहलाई बेवास्ता गर्दै निगरानीमा हिँडिरहेका बस्नेतको अभियान सकिने कुनै लक्षण देखिँदैन, जबसम्म वर्तमान असन्तुलित राजनीतिले निकास पाउनेछैन । ‘पेनकिलर’र ‘डिकोल्ड’खाँदै मञ्च चढ्दै गर्दा बस्नेतले आफ्नो स्वास्थ्यलाई भन्दा जनतालाई प्राथमिकतामा राखेको कुरा जनतासामू लुक्न सक्दैन ।


न्यायालयको फैसलाको पर्खाइमा रहेका अन्य राजनीतिक दलका नेताहरुलाई बस्नेतले ठूलो पाठ पढाएका छन् । अदालतको निर्णयपछि जस्तो निर्णयआउँछ त्यही अनुसारको प्लानिङ गरौंला भनेर बसिरहेका बेला बस्नेत भने आफ्नो अभियानमा दत्तचित्त भएर लागीरहेका छन् ।

भक्तपुरका हरेक कुना चाहार्ने एक युवा अहिले देशभरका कुना चहार्न व्यस्त छ, जसले अदालतको फैसलाको प्रतिक्षा गरेको छैन, र सच्चा राजनीतिलाई प्राथमिकतामा राखेको छ । सच्चा राजनीतिकर्मीको धर्म निभाएको छ, आफूपक्षीय जनमत बढाउन लागि परेको छ, वा जनमतको आंकलन गरेको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आफ्नै निर्वाचन क्षेत्रमा र टिकटका लागि प्लानिङ गरिरहेका नेताहरुलाई पाठ पढाएको छ ।

दैनिकको सक्रियता, मौसमको प्रतिकूलता अनि व्यस्तताका कारण स्वास्थ्यमा देखिएको समस्यालाई थाती राख्दै देश दौडाहाको अभियानमा लागेका बस्नेत थाक्ने लक्षण देखिएको छैन, अनि थाक्दैनन् पनि । जब निर्वाचनको मिति घोषणा भइसकेको छ, आफैं टिकटका लागि तारतम्य मिलाउन तल्लीन नेताहरु वा आफ्नै क्षेत्रमा जान हिच्किचाइरहेका नेताहरुलाई ठूलो शिक्षा दिइरहेका छन्, आफ्नो टिकटको वास्ता नगरेर पार्टीको भविष्य हेर्न हिँडेका छन्, जुन कार्य पार्टीका लागि अपरिहार्य र महत्वपूर्ण ठानिन्छ ।

सम्बोधनकै माध्यमबाट विपक्षीलाई चुनौती दिने नेपाली परम्परालाई तोड्दै निर्वाचन र रियालिटीमै चुनौती दिने प्रतिबद्धता व्यक्त गरेका छन् । चाहे, त्यो चितवनमा होस् वा रुकुममा । देशभरका युवालाई एकत्रित गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षको निर्णयलाई कार्यान्वयनमा लैजानका लागि महत्वपूर्ण ‘मसिहा’बनेर लागि रहेका बस्नेतकै कारण देशभर विस्तारै चुनावी माहौल बन्दै गएको छ ।

Comments

Top