कोरोना तथ्यांकः विश्वमा एकैदिन अहिलेसम्मकै धेरै १५ हजार ५ सय बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको हो, जुन संख्या कोरोना सुरु भएदेखिकै अहिलेसम्मको उच्च संख्या हो । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ७० हजार ३० पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २० लाख ६ हजार १६५जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ४२५ पुगेको छ ।

एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएका छन् । अब अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ५८ हजार ५०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९१ लाख ५७ हजार ९१७ छ । २९ हजार २१६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५४२ जनाको मृत्यु भएको छ ।

संक्रमित मूलुकको सूचीमा ४२ ‍औँ नम्बरमा रहेको नेपालमा संक्रमित संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । अहलेसम्म १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

Comments

Top