मडियाको लोभमा सबुश्री माथि दुलालव्दारा दुव्र्यहार

 युटा, अमेरिका । झण्डै एक महिना अगाडी भुटानी शणनार्थी नेपालीबावु भनिने गंगाराम दुलालसंग पेपर म्यारीज गरेर अमेरिका पुगेकी सबुश्री तिवारी आफुलाई त्यहाँ पुर्याउँनेबाट नै  धोका पाएकी छन् ।  आफुसंग चाहिने कागजपत्र मात्र होईन लगाउने कपडा समेत आफ्नो कब्जामा लिई सबुश्रीलाई यतिबेला विदेशी भूमिमा अलपत्र पारेर न गास, न वासको अवस्थामा गंगाराम दुलाल यतिबेला सम्पर्क विहिन भएका छन् । गंगाराम एकै व्यक्ति भएपनि  तीन वटा नामले परिचित छन् । उनले सबुश्रीलाई मात्र होईन, यस भन्दा पहिला पनि  धेरैलाई आश्वासन दिने गरेको बताईन्छ । कसैलाई कलाकार बनाई दिने त कसैलाई अन्य विविध बहानामा अमेरिका पुर्याउने  भन्दै पैसा माग्दै विचल्ली ऩुन, उनी८ वर्ष अघि परिवार शहित अमेरिका पुगेका थिए । उनलाई मोह थियो A4्दीमता ठहर्छ ।  नेपालीबाबु दुलाल जो भुटानि शणरार्थी हुन, उनी८ वर्ष अघि परिवार शहित अमेरिका पुगेका थिए । उनलाई मोह थियो नेपाली मिडिया र नेपाली परिवारको । अनि नेपाल आउँदा जादा बास बस्ने घरसम्म नभएका उनलाई सबुश्रीको सहाराले नेपालसँग सम्बन्ध गास्ने मोह थियो । यो भन्दा अगाडि पनि उनले नेपाली कलाकारलाई अमेरिका ल्याइदिन्छु भन्दै पैसा माग्ने गरेको खुलेको छ ।   जहाँ सम्म सबुश्रीको कुरा छ् उनको लोकप्रियता पढाई र ब्यक्तित्वलाई नेपालीबाबु अर्थात गंगारामले केवल प्रयोग गरी आफु कुनै पनि रुपबाट चर्चित हुन चाहन्थे ।  सुरुमामात्र सहयोगको लागि पेपर बनाउन राजी भएपछि गंगाराम र उनकी आमा मिलेर सबुश्रीसंग भएको ११ तोला सुन र कपडासंगै साँढे सात लाख नगद हडपे । यतिबेला सबुश्रीलाई अमेरिका वसिरहनु छैन, उनको डकुमेन्टकोमात्र आवश्यता रहेको छ, जसले उनलाई नेपाल फर्कन सहज होस् । यतिबेला सबुश्री आफ्नै पहलमा न्यायको ढोका ढक्काई रहेकी छन् । पेपर म्यारिजमात्रको सर्तमा गंगारामसंग सहमती भएपनि अमेरिका पुगिसकेपछि गंगारामले बिहेको प्रस्ताव अगाडि ल्यायो, सबुश्रीले बिहे नगर्ने बताएपछि केटाले आफ्ना चाहना गलत ढंगबाट पुरा गर्नका खातिर सबुश्रीलाई यतिबेला यो मोडमा पुग्न बाध्य तुल्याएको छ । नेपालीबाबु, गंगाराम र गगन (उनका तीन वटा नाम यी नै हुन ।   पर्देशको ठाउँमा आएकी एक्ली चेली सबुश्री माथि भुटानि शणनार्थीको जत्थाले गरेको दुब्र्यहार किन अरु नेपालीले ट्वाल्ल परेर हेरिरहेका छन बुझ्न सकिएन ।  रबी तामाङ, युटा अमेरिका ।

Comments

Top