प्रियंकाको फोटोसुटले बलिउडमा तहल्का

काठमाडौं : बलिउड अभिनेत्री प्रियंका चोपडाले हट फोटोसुट गराएपछि बलिउडमा तहल्का मच्चिएको छ ।

एउटा फेसन म्यागजिनको जूनको अंकका लागि उनले गराएको फोटोसुट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

प्रियंकाका यी तस्वीर सेबस्टियन किमले खिचेकी हुन् भने उनको स्टाइलिङ वनेसा चाउले गरेकी हुन् । यस फोटोसुटका लागि उनको हेयरस्टाइलिस्ट र मेकअप आर्टिस्ट युमी मोरी रहेका छन् ।

एउटा तस्वीरमा प्रियंकाले अन्डरवेयर लगाएकी छिन् भने अर्को तस्वीरमा उनले ब्रा लगाएको देखिएको छ ।

यि तस्विरहरुले यतिबेला बलिउड तातेको छ ।

Comments

Top