काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी नेताहरुलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।
माघे संक्रान्ति मनाउनका लागि बोलाइएको अनौपचारिक बैठकमा अध्यक्ष ओलीले भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोधेका थिए ।
Comments