संसद् विघटनविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा

supreme_1

काठमाडौं । संसद् विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा गएको छ । आइतबार संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भएको उक्त मुद्दामा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल् र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ।

यससँगै सुनुवाई निरन्तर हुने सर्वोच्च स्रोतले जनाएको छ ।

 

Comments

Top