सुटिङ सुरु नहुँदै महंगोमा बिक्यो ‘डिसेम्बर फल्स’

December falls_1

काठमाडाैं । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युव र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरी शुभमुर्हत गरिएको फिल्मको सोमबारबाट सुटिङ सुरु हुँदैछ । सुटिङ सुरु नहुँदै फिल्मको अष्ट्रेलिया प्रदर्शन र युट्युव राइट महंगो रकममा बिक्री भएको बताइएको छ ।

अष्ट्रेलियामा फिल्म प्रदर्शनका साथै विनिध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रम्ुख सुनिल उप्रेतीले ‘डिसेम्बर फल्स’को टिम, कलाकार तथा बिषयबस्तुसमेत अब्बल लागेकाले राईट किनेको जानकारी दिएका छन् ।

फिल्मको टिजर, गीत, प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्यव च्यानलमा हेर्न पाइनेछ । फिल्म १ साउनबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुने कार्यकारी निर्माता लक्ष्मण रिजालले बताएका छन् ।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्दैछन् ।

बिपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको छायाँकार महेश आर गुप्ता छन् । निर्देशक झा र छायाँकार गुप्ता भारतीय फिल्म उद्योगका ब्यस्त फिल्मकर्मी हुन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।

Comments

Top