छिमेकीको नियतीः १ लाख ५२ हजार बढीको मृत्यु, १ करोड ६ लाख नजिक संक्रमित

ind

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ९७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख २७ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।

 

Comments

Top