नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ कोरोनामुक्त

Corona_Update

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट एक हजार नौ सय ७५ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

त्यस्तै हालसम्म १७२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर परिक्षण गरिएको छ ।

Comments

Top