नेकपा नेता महेश बस्नेत नेतृत्वको कार्यक्रम विथोल्न खोज्ने ७ जना पक्राउ

mahes-1

सप्तरी । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको नेतृत्वमा आयोजना गर्न लागिएको कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।

सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Comments

Top