प्रधानमन्त्री ओलीको प्रश्न– तपाईलाई यो अवस्थामा पुर्याउनेको हालत कस्तो छ?

KP

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यक्ष रुपमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई विभिन्न प्रश्न राखेका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डलाई अहिलेको अवस्थासम्म ल्याउने देशका छोराछोरीको भविष्यलाई छोडेर आफ्नै छोराछोरी र ज्वाईको बारेमा मात्रै सोचेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहमा आयोजित भेलालाई सम्बोधन गर्दै सम्पूर्ण नेपालकै केटाकेटी आप्mनो भएको बताउँदै, यस अवस्थामा आउनका लागि जनताका छोराछोरीलाई युद्धमा होमेर आप्mनो छोराछोरीको पालन पोशण गरेको बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा भने, ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोराछोरी छन्, ज्वाईहरु छन्, छोरीलाई मेयर बनाउनैपर्यो, मेयर बनाउन सकिएन भने मतपत्र च्यात्नै पर्यो, ज्वाईलाई घर किन्दिनैपर्यो । बुवा त यस्तो होस् । मलाई छोराछोरी नहुनुमा न हर्ष न विस्मात् म देशका सबै केटाकेटीलाई आफ्नै ठान्छु । म सोध्न चाहन्छु, लड्ने बेलामा अर्काको छोराछोरी चाहिने आफ्नालाई विदेश राखेर पढाउने ?’ उनले भने, ‘हिजो उहाँलाई त्यो ठाउँमा पुर्याउनेहरुको हालत के छ ? देश बनाउन जो होमिए, तिनीहरुलाई हेर्नपर्छ कि पर्दैन ?’

Comments

Top