सुर्यविनायक-८ का ९५ प्रतिशत कार्यकर्ता ओली पक्षमै रहेको दाबी

su-1

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. ८ स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बरका ८ का नेकपाका कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो ।

जिल्ला कमिटी भक्तपुरका सहसचिव एवं सुर्यविनायक नगर कमिटी इन्चार्ज एवं नगरपालिकाका प्रमुख बासुदेव थापाको विशेष आथित्यतामा सम्पन्न भेलाले पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल गरेको थियो ।

उक्त अवसरमा जिल्लामा भावी दिनमा गर्नुपर्ने पार्टी संगठनको विस्तार एवं अन्य कार्यको बारेमा छलफल भएको थियो । 

उक्त भेलामा वडा नं. ८ का सबै पाँचै जना निर्वाचित जनप्रतिनिधि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमै रहेको जनाइएको छ । उक्त अवसरमा वडाका ९५ प्रतिशत कार्यकर्ता ओली पक्षमै रहेको दाबी समेत वडा इन्चार्ज किरण थापाले गरेका थिए ।  

उक्त कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज तथा वडा अध्यक्ष किरण थापा लगायत जिल्ला, क्षेत्र, नगर र वडाका अगुवा कार्यकर्ता, नेकपा वडा कमिटी अध्यक्ष एवं सूर्यविनायक नगरपालिका नगर सदस्य धर्मराज बस्नेत, कार्यक्रम प्रस्तोता राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटी सदस्य पुष्पराज बस्नेतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.No description available.

Comments

Top