कोरोनाबाट थप ७ को मृत्यु, हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार १ पुग्यो

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ थपिएसँगै मृतक संख्या २ हजार नाघेको छ । पछिल्लो थपिएको संख्यासँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा२७० जनामा कोरोना संक्रमण परिक्षणको नतिजा पोजेटिभ देखिएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरी पछिल्लो २४ घण्टामा ४०३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार १३४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

त्यस्तै हालसम्म १४५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ४३ हजार २५५ जनाको पीसीआर परिक्षण गरिएको छ ।

 

Comments

Top