ताजाखबर साप्ताहिकका सम्पादक दाहालको निधन

ppp_2

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणिन्द्र दाहालको निधन भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् एवं ताजाखबर साप्ताहिकका सम्पादक समेत रहेका दाहाल कलेजोसम्बन्धी रोगका कारण अस्पताल भर्ना भएका थिए ।

उनको उपचारको क्रममा राजधानीको वीर अस्पतालमा निधन भएको जनाइएको छ । दाहालको बुधबार नै पशुपतिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Comments

Top