भारतमा १ लाख ५३ हजार बढीको मृत्यु, १ करोड ७ लाख संक्रमित

ind

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ८८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ८८५ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख २ हजार ३१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ७२ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् ।

 

Comments

Top