रोकियो डीआईजी सिलवालको मुद्दाको सुनुवाई

काठमाडौं : सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि आफू आईजीपी बन्नु पर्ने भन्दै  सर्वोच्च अदालत पुगेका डिआइजी नवराज सिलवालले दायर रिट निवेदनको सुनुवाई स्थगित भएको छ । निलम्बनमा पर्नु अघि तत्कालिन प्रधानन्यायधीश सुशीला कार्कीले उक्त रिटको सुनुवाई म‌ंगलबार तोकेकी थिइन् । तर, कायममुकायम प्रधानन्यायधीश गोपाल पराजुलीको पहिलो कार्यदिनमा उक्त मुद्दाको सुनुवाई स्थगित भएको हो ।

अव उक्त मुद्दाको सुनुवाई कहिले हुने भन्ने कुरा निर्क्यौल भइसकेको छैन । यस अघि सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गर्दा पनि सिलवाल सर्वोच्च पुगेका थिए । सरकारविरुद्ध नै उत्रिएका सिलवालले किर्ते गरेर फाइल सर्वोच्चमा पुर्याएको सरकारको ठहर छ । तर, यस विषयमा सर्वोच्चले कस्तो निर्णय गर्ने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ । गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित