काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहबीच भौतिक झगडा सुरु भएको छ ।
उपत्यकाको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपा प्रचण्ड–माधव समूह र ओलीसमूहका विद्यार्थीबीच भएको झडपमा एक विद्यार्थी घाइते भएका छन् ।
सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड(माधव समूहका विद्यार्थीबीच झडप हुँदा प्रचण्ड–माधव पक्षका दीपक बस्नेतको दाँत भाँचिएको जनाइएको छ ।
उनलाई उपचारको लागि मोडल अस्पताल लगिएको जनाइएको छ ।
Comments