सुनिता र प्रतापको बाँसको कप्टेरोु मा उत्कल र गीताको रोमान्स

Music Video
काठमाडौं ।

चर्चित लोक गायिका सुनिता दुलाल र गायक प्रताप दासको स्वरमा सजिएको नयाँ गीत बाँसको कप्टेरो को म्यूजिक भिडियो सार्वजनिक भएको छ । अमृत खातीको शब्द र सुरज अधिकारीको संगीत रहेको उक्त गीतमा कमल सराङको संगीत संयोजन रहेको छ ।

म्यूजिक भिडियोमा सरोज राना, बिना उप्रेती, गीता ढुंगाना र उत्कल ऋषि थापालाई फिचरिङ गरिएको छ ।

भिडियोमा सवैको दमदार प्रस्तुती देख्न सकिन्छ । उक्त भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने सम्पादन र छायाँकन क्रमशः राजकुमार श्रेष्ठ र ज्ञानेन्द्र शर्माको रहेको छ । समग्रमा भिडियो निकै उत्कष्ट बनेको छ । 

Comments

Top