मदन घिमिरे र्निदेशित सुनसान मन म्यूजिक भिडीयो सार्बजनिक

Music Video Madan Dai

काठमाडौ । 

बरिष्ठ निर्देशक मदन घिमिरे र्निदेशित सुन सान मन म्यूजिक भिडीयो सार्बजनिक गरिएको छ । लामो समय देखी नेपाली चलचित्र श्रेत्रमा सक्रिय बरिष्ठ चलचित्र निर्देशकर निर्माता उद्योग बाणिज्य महासंघ ( FNCCI) का सदस्य,गितकार एवं समाजसेवी समेत रहेका घिमिरेको पछिल्लो म्युजिक भिडियो सुन सान मन आज सार्बजनिक गरिएको हो ।

रानी शाक्यको सुमधुर स्वर रहेको यस म्यूजिक भिडीयो आज बिशेष समारोहका बिच रानी शाक्यको यूभटुभ च्यानल मार्फत सार्बजनिक गरिएको म्यूजिक भिडीयोका र्निदेशिक मदन घिमिरेले माइन्युज नेपाललाई बताए ।

म्यूजिक भिडीयोमा नायिका केकी अधिकारीको अभिनित रहेको छ भने गित रचना राजेश शाक्य र संगित ओम कर्माचार्यको रहेको छ ।

काठमाण्डौ, धुलिखेल,दोलालघाट र जेरो किलोमा शुटिङ्ग गरिएको यश भिडियोको छायाँकन रामेश्र्वर हुमागाई , सम्पादन प्रेम शर्मा पौडेल,कलर करेक्शन मनोरञ्जन श्रेष्ठ ,मेकप अशोक रोक्का ,डोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।

https://www.youtube.com/watch?fbclid=IwAR2EOYbRrPcf1sqwddHYk4J0N9bFQtPCjIbXN-e2DEMID6xe_RAoxXx0DU4&v=bEKvZe3EysQ&feature=youtu.be

Comments

Top