काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड कौशलटार शाखा स्थापनाको एक वर्ष पुगेको छ । बैंकले शाखाको प्रथम बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्वअनुसार बैंकले नेपाल रेडक्रस सोसाइटी दिव्यश्वरी उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको शाखाप्रमुख प्रनय केसीले जनाए ।
हनुमन्ते नदी सफ़ाई अभियान र वेभ ग्रुपको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रम बागमती प्रदेश सांसद माननीय प्रतिमा श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
उक्त अवसरमा वेभ ग्रुपका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत नरेश रञ्जीत, बालकोट रेडक्रास उपशाखाका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, जयराज पौड्ल, मधु ढुङ्गेल, नबराज काफ्ले, राजु कुटु, इन्दिरा श्रेष्ठ, शान्ती कार्की लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा स्थानीय एवं सहयोगी गरी ३५ जनाले रक्तदान गरेका थिए । उक्त अवसरमा वेभ ग्रुपका संस्थापक रञ्जीतले देशमा रगतको यस्तो चरम अभाव भएको बेला आफ्नो अमूल्य रगत दान गरी मानवीय सेवामा समर्पित रक्तदातालाई धन्यवाद समेत दिएका थिए ।
Comments