देशभर थप ८० जनामा कोरोना संक्रमण, मृतक संख्या शुन्य

Corona_Update

काठमाडौं । गत २४ घन्टामा नेपालमा ८० जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा एक जनाले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ सय २१ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ३९ हजार ६३४ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १४९४ रहेका छन् भने ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

Comments

Top