नेपालमा १२५ कोरोना संक्रमित थपिए, ९० जना डिस्चार्ज

Corona_Update

काठमाडौं । गत २४ घन्टामा नेपालमा १२५ जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा एक जनाले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ९० जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १५२९ रहेका छन् भने ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

Comments

Top