देशभर थप ११० जना संक्रमित, ४ जनाको मृत्यु

Corona_Update

काठमाडौं । गत २४ घन्टामा नेपालमा ११० जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ सय २ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १५३३ रहेका छन् भने ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

Comments

Top