सर्वोच्चको अनपेक्षित फैसलाको सम्मान गर्दछुः सांसद बस्नेत

Mahesh (1)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पुर्नस्थापित प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाको सम्मान गरेका छन् ।

सांसद बस्नेतले सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उक्त कुरा जनाएका हुन् ।

सांसद बस्नेतले प्रतिनिधिसभाको पुर्नस्थापनापछि नेपालको राजनीति केपी ओलीकै वरिपरि घुमिरहेकोले पार्टी एकतामा जोड दिनुपर्ने बताएका छन् ।

सांसद बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, सर्बोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा धान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ। सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस। पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनुहोस। राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस।हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।

Comments

Top