तत्काल राजीनामा नदिने मुडमा प्रधानमन्त्री ओली

KP Oli

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेताहरुले सर्वोच्च अदालतको फैसला मान्ने बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनको निर्णय बदर गर्दै प्रतिनिधसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै उनीहरुले सम्मानित अदालतको निर्णय मान्ने बताएका हुन् ।

गत पुस ५ मा उनले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्रीले अब के गर्लान् भन्ने चौतर्फी चासो समेत बढेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यस विषयमा प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने जनाएका छन् ।

‘सर्वोच्चको फैसलापछि मुलुक पुस–५ मा पुगेको छ, हामी फैसला मानेर अघि बढ्छौँ’, प्रेस सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुहुन्न संसद फेस गरेर अघि बढ्नुहुन्छ ।’

 

Comments

Top