प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद् बैठक

KP Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा विहीबार साँझ भेट गरेका उनले शुक्रबारका लागि मन्त्रिपरिषद बैठक डाकेका हुन्। नियमित मन्त्रिपरिषदको बैठक भने होइन।

प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको आदेश र १३ दिनभित्र संसद बैठक बोलाउन गरिएको परमादेशलाई केन्द्रमा राखेर मन्त्रिपरिषद बैठकलाई केलाइएको छ।

सरकारले प्रतिनिधि सभाको बैठक बोलाउन सक्ने अनुमान गरिएको छ।

Comments

Top