नेकपा प्रमुख सचेतकमा भट्टराई, सचेतकमा चौधरी यथावत


काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचित भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ ।

अध्यक्ष ओलीले सचेतकमा भने शान्ता चौधरीलाई यथावतै राखेका छन् ।

 

Comments

Top