काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी फागुन २३ गते आइतबार बस्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी फागुन २३ गते आइतबारका दिन प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।
संसद बैठक बोलाउने विषयमा विहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए ।
Comments