पाकिस्तानी लिग खेल्न सन्दीप कराँचीतर्फ

Sandeep

काठमाडौं । नेपाली स्टार क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न शनिबार पाकिस्तान प्रस्थान गरेका छन् । सन्दीप शनिबार बिहान ११ बजेको कतार एयरलाइन्सबाट पाकिस्तान प्रस्थान गरेको क्यानले जनाएको छ । लामिछाने पिएसएलका लागि लाहोर कलन्दर्सबाट खेल्नका लागि गएका हुन ।

लामिछाने दोहा हुँदै कराँची जान लागेको पनि जनाइएको छ । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई बोलाएको हो।

यसअघि पिएसएल ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा रहेका सन्दीप अनसोल्ड भएका थिए।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ। लाहोरले आइतबार कराची ग्ससँग आफ्नो चौथो खेल खेल्दैछ।

Comments

Top