देशभर थप ८१ मा कोरोना संक्रमण पुष्टी, ६२ जना डिस्चार्ज

Corona_Update

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा थप ८१  जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ६० हजार ४०४ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा ९६७  रहेका छन् भने ६२ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

Comments

Top