गोदावारी खोला सरसफाई अभियानको १०४ औं हप्ता

No description available.

ललितपुर । गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १०४ हप्ताको कार्यक्रम महालक्ष्मी नगरपालिकाको वडा नंं ६ र ८ जोड्ने लुभु पुलमा सम्पन्न भएको छ ।

पातन्जल योग समितिका केन्द्र अध्यक्ष सुदर्शन सुबेदिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य पदाधिकारीसहित, हनुमन्ते सरसफाइ अभियानका नवराज काफ्ले, महालक्ष्मी न पा ८ का महिला सदस्य अम्बिका श्रेष्ठ, प्याब्सनका अध्यक्ष कैलास कुमार मल्ललगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रममा ललितपुर साइकल क्लबका पदाधिकारी, महानगरीय प्रहरी प्रभाग लुभु प्रहरी नायब निरीक्षक रत्न बहादुर थापा, मोहन गौतमको पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मिलिजुली सरसफाइ समिति लुभुका सदस्यहरुलगायतको सय जना भन्दा बढीको सहभागीतामा संकलित ५ टन बढी फोहोर व्यवस्थापन गरिएको थियो ।

Comments

Top