पछिल्लो एकदिनमा देशभर थप ७३ जना संक्रमित, ६४ जना कोरोनामुक्त

Corona_Update

 

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा थप ७३  जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ६५ हजार ९८५ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा ९६८  रहेका छन् भने ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

Comments

Top